भदौ १७, रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिका – ५ की एक ६५ वर्षीय महिलाको उपचारको क्रममा रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालमा मंगलबार राती ९ बजेर ४५ मिनेटको मृत्यु भएको हो । मृतक महिलालाई उच्च रक्तचाप, मधुमेह लगायतको समस्या समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बताए ।
भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याईएकोमा त्यहाँ आईसियू बेड खाली नभएपछि उनलाई भिम अस्पताल पठाइएको थियो। अहिले भीम अस्पतालमा २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ, जसमध्ये ४ जना आईसियूमा रहेका छन् भने १७ जना सामान्य कोभिड आइसोलेशन उपचाररत् छन्। समयमा