रौतहट, २ जेठ / नेपाल बिद्युत प्राधिकरण चन्द्रपुर शाखा रौतहटका प्रमुख इन्जिनियर धिरेन्द्र यादव सर्वसाधारण जनताको धुलाईबाट जोगिएका छन् । इन्जिनियर यादवले मेरो हुलाकी डटकमका सम्पादक ओम किशोर चौधरीलाई सार्वजनिक स्थानमा अपशब्द प्रयोग गर्दै धम्की दिँदा त्यहाँ उपस्थित सर्वसाधारणले यादवलाई समातेर कुट्न खोजेका थिए । प्राधिकरणको प्रमुख पदमा रहेको ब्यक्त्तीले उपभोक्ताको गुनासो सुन्न नसक्ने यादवले सार्वजनिक स्थलमा नै सुन्नै नसक्ने तुच्छ शब्द प्रयोग गरेको भन्दै सर्वसाधारण जनताले धुलाई गर्न खोज्दा यादव ज्यान जोगाएर भागेका थिए । बिगत केही दिन देखि प्राधिकरण चन्द्रपुरको लापर्वाहीका कारण पटक पटक बत्ती काटिएको विषयमा चौधरीले प्रतिक्रिया लिन खोज्दा यादवले आफू सबैलाई प्रतिक्रिया दिन उचित नठानेको भन्दै गैर जिम्मेवार बन्दै फोन काटेपछि यादव र चौधरी बीच वादविवाद शुरु भएको थियो । सोही विवादका क्रममा आफूसँग ठुलो स्वरमा बोलेको भन्दै यादवले मेरो हुलाकी डटकमको कार्यालय परिसरमा आएर मेरो जागिर जाला तर तलाई ठिक पार्छु भनी अपशब्द बोल्दै चौधरीको हातखुट्टा काट्ने धम्की समेत दिएका छन ।
प्राधिकरणको प्रमुख जस्तो गरिमामय पदमा बसेको ब्यक्तिले उपभोक्ताले गरेको गुनासो सुन्नु पर्छ । सार्वजनिक पद धारण गरेको ब्यक्तिले गुनासो सुन्नुको साटो उल्टै मेरो हुलाकी डट्कमको कार्यालय परिसरमा आएर अपशब्द बोल्दै धम्की दिनु गलत भएको प्रत्येक्षदर्शी नविन कार्कीले बताए । यादवले पत्रकारलाई कार्यालय परिसरमा नै आएर धम्की दिन्छ भने सर्वसाधारण जनतालाई झन के बाँकी राख्ला र कार्कीले थपे । यसरी सार्वजनिक स्थानमा अपशब्द बोल्ने इन्जिनियर यादवले सार्वजनिक रुपमा माँफी माग्नु पर्ने कार्कीले बताएका छन्।
त्यस्तै अर्का प्रत्यक्षदर्शीका अनुसार इन्जिनियर यादवको यही रबैयाका कारण बारम्बार पिटाई खाने गरेको बताए । केही वर्ष अगाडी यादवको यहिँ सन्की पाराले बिद्युतको महशुल तिर्न आएका उपभोक्ताले इन्जिनियर यादवलाई कुटेका थिए भने सडक बिवादमा उनकै छिमेकीले समेत भकुरेको मेरो हुलाकी डटकमलाई बताएका छन् ।
उता प्राधिकरणका कर्मचारीहरु पनि यादवको अहमता देखेर आजित भएको एक जना कर्मचारीले बताए । उनका अनुसार कर्मचारीहरूसँग पनि साम्प्रदायिक कुरा गर्दै बेला बेलामा दुर्व्यवहार गर्ने गरेको समेत बताएका छन् ।