काठमाडौं,११ वैशाख / लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार राप्ती उपत्यकास्थित प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन्।
विश्वासको मतका लागि भएको मतदानमा गिरीले ३३ मत मात्रै प्राप्त गरेका थिए। उनको विपक्षमा ५३ जना सांसद उभिएका थिए। ५३ जनाले विश्वासको विपक्षमा मत दिएपछि मुख्यमन्त्री गिरी नेतृत्वको सरकार १०३ दिनमै ढलेको हो।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज समेत रहेका गिरी गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र दुई स्वतन्त्र गरि ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।