चितवन ,१० वैशाख/ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुन: सुरू भएको छ। सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो।
यहाँ साढे ३ घन्टा मतदान रोकिएको थियो।
आइतबार विहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले उनको पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो । सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णय अनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुन: सञ्चालन भएको हो ।
हेर्नुहोस् सर्वदलीय बैठकको निर्णय;