चितवन, १० वैशाख/ चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा भइरहेको मतदान स्थगित भएको छ। मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलका कार्यकर्ताहरूबीच विवाद भएपछि मतदान रोकिएको हो।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने उक्त केन्द्रमा पुगेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। लामिछानेका समर्थकले नारा लगाएपछि अन्य दलका कार्यकर्ताले मतदान केन्द्रमा नाराबाजी गर्न पाइँदैन भन्दै विरोध गरेका थिए।
साथै रास्वपाका केन्द्रीय सदस्य दीपक बोहराको मोबाइलसमेत फुटाइएको छ। उनले त्यसबेला सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए।