काठमाडौं,११ वैशाख / एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
मुलपानी मैदान विहान ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण मध्यान्ह १२:३० बजेसम्न पनि टस हुन सकेन। खेल रद्द भएसँगै नेपाल र साउदीले समूह 'ए' मा १/१ अंक बाँडेका छन्। १ अंक जोडेसँगै नेपाल अन्तिम खेलअघि सेमिफाइनल पुगेको छ।
समूहको शीर्ष स्थानको नेपालले अन्तिम खेलअघि पाँच अंक जोडेको छ। नेपालले अन्तिम खेलमा बिहीबार कतारसँग खेल्नेछ। सो खेलमा जिते नेपाल समूह विजेता बन्नेछ।