चितवन, ११ वैशाख/ चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने सर्वदलीय सहमति भएको छ ।
आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।
जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीका अनुसार उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको बताए।