काठमाडौं,चैत १२ / नेपालले आज आइतबार रसियाको सामना गर्दैछ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग खेल्न लागेको हो। बंगलादेशको ढाकास्थित बीएसएसएस मुस्ताफा कमल स्टेडियममा नेपालले आफ्नो तेस्रो खेलमा रसियासँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र रसियाबीचको खेल राति ७ बजे सुरु हुनेछ। दुई खेलमा ३ अंक जोडेको नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्ने योजनामा छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो।
रसिया भने लगातार तेस्रो जितको खोजीमा छ। रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।