काठमाडौं,३० फागुन सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रतिस्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
संकटा दोस्रो जितको खोजीमा हुनेछ । तीन खेलबाट चार अंक जोडेर संकटा आठौँ स्थानमा छ । नवप्रवेशी चर्च ब्वाइज लगातार चौथो जितको खोजीमा हुनेछ । तीन खेलबाट नौ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।
आज काठमाडौंको दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।
दशरथ रंगशालामै हुने दिनको दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । यो खेल बेलुका ५ः३० बजे सुरु हुनेछ ।