पोखरा,१ चैत / पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा - १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना रहेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीले जानकारी दिए । सामान्य घाइते अवस्थामा रहेका उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा ल्याइएको छ। पोखरा महानगरपालिका १८ भकुण्डेस्थित ध्रुव थापालगायत ७ जनाले सामूहिक रुपमा सञ्चालन गर्दै आएको कालिज फार्मममा बुधबार बिहान करिब साढे ७ बजेतिरको समयमा फार्ममा अचानक चितुवा पसेको र सोही फार्ममा काम गर्ने कामदारलाई आक्रमण गरेको हो ।
‘स्थानीय बासिन्दा, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको छ फेला परेको छ,साथै अहिले चितुवालाई वन कार्यालयको जिम्मा लगाइएको डीएसपी जोशीले बताए।