काठमाडौं, १३ चैत / कलाकार दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
शनिबार टोखास्थित वनभोजका क्रममा वादविवाद हुँदा कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।
आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।
वृत्तका डीएसपी अंगुर जीसीले दुवै पक्षलाई बोलाएर छलफल गर्ने तयारी भएको जानकारी दिएका छन ।