रौतहट, ६ चैत / जंगली हात्तीको आक्रमणमा परी रौतहटमा एक जना महिलाको ज्यान गएको छ । सोमबार विहान ११ बजे तिर चन्द्रपुर– ४ घर भएकी ५० वर्षीया मीना मगरको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाका अनुसार मगर घाँस लिन गएको बेला रौतहटको धन्सर जंगलमा हात्तीले आक्रमण गरेको जानकारी दिए।
आक्रमणको खवर पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली घट्नास्थल पुगेको थियो ।