भदौ १६, काठमाडौं । देशभर थप ११ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भएको बताए । महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जना, पर्सामा ३ जना, काठमाडौंमा २ जना, सिरहा, बारा, चितवन र मकवानपुरमा १–१ जना गरि ११ जनाको भएको गौतमले बताए ।