काठमाडौं,८असार / काठमाडौंको शंखरापुर नगरपालिका –१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश ३/०१/००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।