चितवन ,२६ जेठ / पूर्वपश्चिम राजमार्ग अन्र्तगत चितवनको रत्ननगर नगरपालिका वडा–३ वेल्सीमा बिग्रेर रोकिराखेको ना ६ ख ५७१९ नम्वरको ट्रकमा बाराबाट काठमाडौं जादै गरेको भारतीय
बिआर ०५ पीए ९९७४ नम्बरको स्कार्पियो ठोक्किँदा पाँचजना घाइते भएका छन्।
दुर्घटनामा परी जीपमा सवार बारा कलैका ४२ वर्षीय राजिवप्रसाद कुर्मी, सोही स्थानका ६० वर्षीय रामबाबु साह, ६१ वर्षीय महमदबाबु खान, ४० वर्षीय सिलादेवी साह र बाराको गढीमाइ नगरपालिका वडा–१० का ३२ वर्षीय रामजीप्रसाद साह घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका यात्रुको पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ।