काठमाडौं, २५ जेठ/ गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एकजना पत्रकारको मृत्यु भएको छ।
कार्य क्षेत्र नवलपरासी भएका ३४ वर्षिय घनश्याम पोखरेल परिवारजन भेट गर्नका लागि ५ दिनअघि मात्र धुर्कोट गाउँपालिका–४ जैसीथोक रौताडीस्ति घर आएका थिए । मंगलबार घर नजिकै रुखबाट लडेर गम्भीर घाईते पोखरेलको उपचारका लागि तम्घास स्थित जिल्ला अस्पतालमा ल्याए पनि अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले गुल्मीले जनाएको छ ।
उनी नवलपरासीको बर्दघाटमा रहेको दौंतरी एमफमका स्टेशन म्यानेजर रहेका पोखरेल क्रियाशिल पत्रकार थिए । उनी प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का जिल्ला अध्यक्ष समेत हुन् ।