रुकुम पश्चिम,५असार / रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ चिसापनी नजिकै जिप दुर्घटना भएको छ। दुर्घटनामा परी जिप चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको ईप्रका आठबिसकोटले जनाएको छ। राडीबाट रिम्ना तर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिवार बेलुका दुर्घटना भएको हो।
मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका वडा नम्बर ८ दुलिका कबिराम बिक र सहचालक मुसिकोट नगरपालिका वडा नम्बर ११का कमल खड्का रहेका छन्।प्रहरीका अनुसार जिपमा दुई जना मात्र रहेको खुलेको छ।