काठमाडौं,१२ असार/ काठमाडौंको रविभवनमा बा ०२-०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराज भएको प्रहरीले जनाएको छ ।
दुतराजले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुई वटा बसमा ठोक्किएको थियो । अनुसन्धानका लागि दुई वटै बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।