काठमाडौं, जेठ २५/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार विभिन्न विभाग प्रमुख पदमा नेतृत्व मनोनयन गरेका छन्। पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले पाँच वटा विभागको प्रमुख चयन गरेको जानकारी दिए।।
राजनीतिक विभाग प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङ , प्रशिक्षण विभाग प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, संगठन विभाग प्रमुखमा महामन्त्री धवलशम्शेर राणाले पाएका छन्।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवनकुमार पाठक र स्वास्थ्य विभाग प्रमुखमा रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।