काठमाडौं, वैशाख १०/ आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको बताएका छन । अब मुचुल्का उठाउने र मतगणना केन्द्रमा मतपेटिका पुर्याउने काम हुन्छ,’ उनले भने,‘त्यसपछि मतगणना सुरू हुन्छ।
तनहुँ-१ गणनास्थलमा मतपेटिका पुर्याउनै १० बज्छ होला, त्यहाँ राजनीतिक दलहरूले मान्नुभयो भने राति १२ बजे भए पनि मतगणना सुरू गर्छौं ।
चितवन-२ मा पनि मतपेटिका संकलन गर्न केही समय लाग्ने देखिएको छ। ९ बजेसम्म मतपेटिका संकलन गरेर मतगणना सुरू गर्नुस् भनेका छौं,’ उनले भने।
बारा-२ मा साढे ७ बजेसम्म मतपेटिका संकलन हुने र ८ बजेपछि मतगणना सुरू हुने उनले बताए।
हामीले भोलि साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने सोचेका छौं, पर्सि साँझसम्म त सकिन्छ नै यसपालि मंसिर ४ को भन्दा मतगणना सजिलो हुने र छिटो पनि हुने थपलियाले बताए।