काठमाडौं,२ चैत /उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको छ । शुक्रबार नयाँ बानेश्वरको संसद भवनमा हुने उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले अहिले मौन अवधि रहेको र मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार नगर्न पनि स्मरण गराएको छ। आयोगले सञ्चारमाध्यमलाई पनि जीतरहारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ।
शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। निर्वाचनमा सत्ता गठबन्धनबाट तीन जना उम्मेदवार छन् ।