काठमाडौं,३ चैत / राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिने निर्णय गरेको छ।
शुक्रबार बसेको बैठकले जनमतकी झालाई भोट दिने निर्णय भएको एक सांसदले बताए। उपराष्ट्रपतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार बनेका छन्।