काठमाडौं, चैत ५/ विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। कोसी प्रदेश नामकरण भएको विरोधमा प्रदर्शनकारीले नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । आन्दोलकारीहरू लाठीसहित प्रदर्शनमा उत्रिएका थिए।
प्रदर्शनकारीले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो।