काठमाडौं, २२ जेठ / काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ स्थित आई.टी. पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको बलेफी नगरपालिका ६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङको मृत्यु भएको हो। गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले गएराति साढे ९ बजे ठक्कर दिएको थियो।दुर्घटना लगत्तै सवारी साधनसहित फरार भएका चालकको खोजी भइरहेको छ