काठमाडौं ,२२ जेठ/ तनहुँको व्यास नगरपालिका १२ देउरालीमा हिजो साँझ ग १ क ५५३३ नम्बरको टिपरले ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका १ का अन्दाजी २० वर्षीय ईश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।