मकवानपुर, ९ वैशाख / देवास राई समाजद्वारा मकवानपुर गाउँपालिकाका प्रमुख प्रशासीय अधिकृत शुक्रमान राईलाई स्वागत तथा सम्मान गरेको छ ।
मकवानपुर जिल्लामै देवास राई समुदायबाट एकमात्र प्रमुख प्रशासकीय अधिकृत रहेको राईलाई किरात देवास राई उत्थान समाजले बुधबार एक कार्यक्रमको आयोजना गरी राईलाई स्वागत तथा सम्मान गरेको हो । देवास राई समुदायका समाज नेपाल केन्द्रीय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राईलाई दोसल्ला ओढाएर तथा सम्मान पत्र प्रदान गरी स्वागत तथा सम्मान गरेको थियो।
नेपाल सरकारको निजामती सेवामा २०४० देखि सेवा प्रवेश गरेका राई विभिन्न पदमा रही अनवरत रूपमा सेवा गर्दै हाल प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेका हुन् ! उक्त कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले आदिवासी जनजातिको बाहुल्यता रहेको यस गाउँपालिकामा जनजाति तथा स्थानीयनै प्रमुख प्रशासकीय अधिकृतको रुपमा पदभार ग्रहण गरेकोले गाउँपालिकाले विकास निर्माण तथा रोकिएका सम्पूर्ण कार्यले गति पाउने कुरामा आफू विश्वस्त रहेको जनाएका छन् ।
मन्तव्यको क्रममा किरात राई यायोक्खाका केन्द्रीय सदस्य प्रमोद राईले कुनै पनि समुदायको उसको भाषा, कला, संस्कृति आदिले चिनाउछ तर हाल मिश्रित समुदायको बसोबासका कारण, एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरणका कारण र आफ्नो समुदायहरूबाट लामो समयसम्म सम्पर्कको अभावका कारण आफ्नो भाषा, कला, संस्कृतिहरू भुल्दै गएकाले आफ्नो पहिचान पनि बिस्तारै गुमाउदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
उक्त स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय राईले कुनै कुरा धेरै भन्नू भन्दा गरेर देखाउनु राम्रो हुन्, म भन्नू भन्दा गरेर देखाउ छु भनेर उन बताएका थिए । देवास राई समुदायले आज जुन किसिमले मलाई सम्मान गर्नु भएको छ, यसले मलाई अझै सामाजिक सेवामा रही काम गर्नको लागि थप उर्जा मिलेको समेत बताए ।