कैलाली, ३० चैत / सेती प्रादेशिक अस्पताल धनगढीस्थित एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताएका छन ।
मृतक फागुनको पहिलो साता भारतबाट आएका थिए आईतबार मात्र निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले बताए । श्रेष्ठले भने उनको आज बिहान ७ बजे मृत्यु भएको हो।