मकवानपुर, २१ चैत / थ्रि स्टार युवा क्लव चौथो बागमती गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकप अन्तरगत शनिबार भएको सेमिफाइनल खेलमा बागमती युथ क्लव सर्लाहीलाई ट्राइबेकरमा हराउदै थ्रि स्टारले फाइनलको यात्रा तय गरेको हो।
जनता माविको खेलमैदान भएको निकै रोमाञ्चक दोस्रो सेमिफाइनल निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी पछि थप गरिएको ४ मिनेटको समयमा पनि गोल हुन नसक्दा ट्राइबेकरमा थ्रि स्टारले नतिजा आफ्नो कब्जामा पार्न सफल भएका थिए।
आउँदो २३ गते उपाधिका लागि थ्रीस्टार क्लव ललितपुरले अफ्रिकन रुट एसोसिएसनको सामना गर्नु पर्नेछ।