मकवानपुर, १९ चैत/ थ्रि स्टार क्लव ललितपुर चौथो बागमती गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा संचालित चौथो बागमती गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा थ्री स्टार क्लवले एपिएफलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
पहिलो मध्यान्तर सम्म दुईवटै टिम गोल रहित बराबरी खेल खेले पनि दोश्रो मध्यान्तरको ४० औं मिनेटमा थ्रि स्टारका दिपेश घलेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए त्यस लगतै ४२ औ मिनेटमा पुन: गोल गर्दै दिपेश घलेले थ्रि स्टारलाई २ गोलले विजयी गराएका थिए ।
त्यसै गरि जारी गोल्डकप प्रतियोगिताको २० गते शुक्रबार पहिलो सेमी फाइनल खेल जावलाखेल युथ क्लव र अफ्रिकन रुट्स एसोसियसन क्यामरुन बीच हुने आयोजकले जनाएको छ ।