मकवानपुर, १८ चैत / मकवानपुरको बागमती गाउँपालिकामा संचालित चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको आज भएको खेलमा जावलाखेल युथ क्लब ललितपुर विजयी भएको छ । बाईमा परेका जावलाखेल युथ क्लव ललितपुरले नव जन जागृती युवा क्लव सिमरालाई ४-१ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । तेश्रो बागमती गोल्डकपका बिजेता समेत रहेका ललितपुर सेमिफाइनल खेलमा अफ्रिकन रुट एशोसिएन क्यामरुनको सामना गर्नु पर्ने छ ।
त्यस्तै, भोली १९ गते बिहीबारको खेल थ्रि स्टार क्लव ललितपुर र एपिएफ क्लव काठमाण्डौ बिच हुने आयोजकले जनाएको छ ।