सिन्धुली, ५ चैत/ सिन्धुली जिल्लाको हरिहरपुरगढ़ी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । पूर्व पश्चिम मदन भण्डारी लोकमार्ग अन्तर्गतको सिन्धुलीको घन्टे भन्ने ठाउँमा ट्याक्टरसँग मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार हरिहरपुरगढी-३ घन्टेका राम पाख्रिन र विवेक मोक्तान घाइते भएका छन । घाईते दुई जना कै हेटौडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु ३ त ७१२४ नम्वरको ट्याक्टरले अचानक घुमाउन खोज्दा र सोही दिशा तर्फबाट आउदै गरेको ना ६४ प ९०९७ नम्वरको मोटरसाईकल ट्याक्टरसँग ठोकिएर दुर्घटना हुन पुगेको प्रहरी चौकी गुर्जीका प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद आचार्यले जनाएका छन् । उनका अनुसार ट्याक्टर र चालक मकवानपुर बागमती गाउँपालिका ७ फापरबारीका अनिल घिसिङ्गलाई नियन्त्रणमा लिएको बताएका छन् ।
त्यसै गरी इलाका प्रहरी कार्यालय मरिण कपिलकोटका ट्राफिक प्रहरी टोलिले हरिहरपुरगढी गाउँपालिका वडा नम्वर २ स्थित प्रहरी चौकी अगाडी चेक जाँच गर्दा बिना कागजपत्रका ७ मोटरसाईकल, ३ ट्याक्टर तथा २ वटा पिक अपलाई कार्वाही गरेको छ ।