काठमाडौं,मंसिर २७ / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेल आजदेखि हुदै छ । पहिलो खेल अन्तर्गत आज अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल राति नेपाली समयानुसार १२ः४५ बजे लुसेल स्टेडियममा सुरु हुनेछ। अर्जेन्टिना क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–२ ले हराउँदै सेमिफाइनलमा पुगेको हो। क्रोएसियाले ब्राजिललाई पेनाल्टीमै पराजित गर्दै सेमिफाइनलमा पुगेका हो।