काठमाडौं, ८ भदौ / पूर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित भएको छ।
ज्ञानेन्द्रको संवाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्म दिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो।
प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनामा आधारित कविताहरू रचना गरेका छन्।
उक्त कविता संग्रहमा देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको पाठकले जानकारी दिए ।