रौतहट, १ भदौ / सब डिभिजन वन कार्यालय चोचाका अधिकृत हिरोहित चौधरी सहितको गस्ती टोलीले गुजरा र फतुवा विजयपुर नगरपालिकाबाट ६४ क्युफिट बराबरको ६ थान सालको गोलिया बरामद गरेको छ। मंगलबार दिउसो अधिकृत चौधरीको नेतृत्वमा निस्केको गस्ती टोलीले गुजरा नगरपालिका ३ सिमरी नजिकैको खोलाको खर घारीमा लुकाई राखेको अवस्थामा ५ थान र फतुवा विजयपुर ११ बुटवा गाउँमा लुकाई राखेको १ थान गरि ६ थान सालको गोलिया बरामद गरेको हो ।
जंगलसहिया साझेदारी वन का हेरालुहरुले काठ तस्करहरुसँग पैसा लिएर तस्करीको लाईन दिने गरेको तथा दाउरेहरु सङ पैसा उठाउने गरेको ब्यापक जनगुनासो बढे पछि आफुहरुले गस्तीलाई तिब्रता दिएको अधिकृत चौधरीले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन । साझेदारी वनकै कर्मचारीको मिलेमत्तोमा काठ तस्करी हुने गरेकोले डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले तिब्र रुपमा गस्ती परिचालन गरेका छन । कर्णका अनुसार वन संरक्षण नै हाम्रो पहिलो प्राथमिकता हो, यसको बिपरित काम गर्ने जो कोहिलाई पनि कानुनको दायरामा ल्याएर कार्वाही गर्ने बताए ।