रौतहट ,२ साउन / रौतहट जिल्लाको मौलापुर नगरपालिकामा सञ्चालित बहुप्राविधिक शिक्षालयका प्रमुख मुकेश यादवमाथि कुटपिट भएको छ।
इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहानका अनुसार शिक्षालयमा पढाइ सुधारका लागि पटक–पटक माग राख्दा पनि कुनै किसिमको सुनुवाइ नभएको भन्दै आइतबार केही विद्यार्थीले यादवमाथि आक्रमण गरेको बताए ।
प्रमुखमाथि कुटपिट गर्ने बलिराम साह ,रोहित साह र विनोद पटेल लाई प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानको लागि पक्राउ परेका विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ।