काठमाडौं ,१ साउन /आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै छ। स्कटल्याण्ड र नेपालबीचको खेल दिउँसो ३स्४५ मा सुरु हुने छ। नामिबियासँग दुबै खेल हारेको नेपाल स्कटल्यान्डलाई भने पहिलो खेलमा ५ विकेटले हराएको थियो।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ। नेपालले १९ खेलमा १७ अंक जोडेको छ। स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ। स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ।