काठमाडौं,३१ असार/ इंग्ल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले लज्जास्पद हार ब्यहोरेको छ। गएराति भएको खेलमा भारत इंग्ल्याण्डसँग १०० रनले पराजित भयो।
लर्डसमा टस हारेर पहिले व्याटिङ गरेको इंग्ल्याण्डले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो। इंग्ल्यान्डका मोईन अलीले ४७ रन बनाए। डेविड विल्ली ४१ रन बनाए भने डेभिड विली ४१ तथा जोनी वरिष्टोले ३८ बनाए। भारतका युजभेन्द्र चहलले ४ विकेट लिए।
२४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८ दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो।भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए। इंग्ल्यान्डका बलर टोप्लीले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए। तीन एकदिवसीय खेलमा १–१ को बराबरी भएको छ। अन्तिम खेल आइतबार हुने छ। एजेन्सी