काठमाडौं,२७ असार/ आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले आज नामिबियासँग खेल्दैछ। लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ। १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ।
एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो। नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ। नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ। सिरिजको पहिलो खेलमा हिजो नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो।