रौतहट ,१० असार / बाराको निजगढ नगरपालिकाबाट १३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका-३ का ३३ वर्षीय लाल काजी रहेका छन् ।
इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार १३ किलो गाँजासहित गाँजा ओसारपोसारमा प्रयोग भएको प्र ३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । बाराका प्रहरी सहायक निरीक्षक पुष्कर घिमिरेको कमाण्डमा खटिएको टोलिले काजीलाई पक्राउ गरेको हो ।