काठमाडौं,९ असार / गण्डकी प्रदेशको राजधानी कास्की केन्द्रविन्दु भएर आज बिहानै ४.९ रेक्टर स्कलको भूकम्प गएको छ। बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस केन्द्रबिन्दु भएर चार दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित यस आसपासका बागलुङ, पर्वत, म्यादी र तनहुँसम्म महसुस गरिएको स्थानीयवासीले बताएका छन् ।
धम्पुसका वडाध्यक्ष वैकुण्ठ भण्डारीले भूकम्पले ठूलो धक्का दिए पनि क्षतिको कुनै नभएको जानकारी र्दिएका छन।