रौतहट, ८ असार / सशस्त्र प्रहरीको टोलीले सप्तरी जिल्लाको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी ब्यारेजबाट लागुऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको टोलीले मिनी ट्रकमा लोड गरिएको अवस्थामा १७५ किलो लागूऔषध गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएका थिए । त्यस क्रममा ट्रकभित्र हेर्दा गाँजा देखिएको जानकारी दिए ।
उनका अनुसार ट्रकमा ७ वटा बोरामा बाँधिएको अवस्थामा गाँजा भेटिएको छ । बरामद भएको ट्रकसहितको गाँजालाई अन्य अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले बताए ।