काठमाडौं,२७ जेठ / चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।