काठमाडौं,८ चैत / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलाको एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन मंगलबार तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो । आज चाँदी तोलामा एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।