काठमाडौं,५ चैत / आज नेपाली बजारमा तोलामा २ हजार ९०० रुपैयाँले बढेर सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँ तोकिएको छ।
यस्तै तेजाबी सुन पनि तोलामा २ हजार ९०० ले बढेर १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ७ हजार १०० रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ६ हजार ६०० रुपैयाँमा मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
महासंघकाअनुसार २६ फागुन यताको १० दिनमा सुनको मूल्य एक लाख एक हजार रुपैयाँबाट बढेर एक लाख १० हजार ३३ रुपैयाँ पुगेको हो ।