काठमाडौं ,८ साउन /अभियान लघुवित्तले सर्वसाधारणका लागि साउन १८ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ।
यो मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र ० दशमल ५ अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ।