हेटौडा, १८ माघ / तामाङ समुदायको २८५७ औ लाङ ल्हो (गाई वर्ग)सोनाम ल्होछारको अवसरमा हेटौडामा ल्होछार विशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । मकवानपुर तामांग कलाकार संघले आईतबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गरी ल्होछार विशेष कार्यक्रमको बारेमा जानकारी गरेका छन् ।
यही माघ ३० गते मकवानपुर तामाङ कलाकार संघ आयोजनामा हेटौंडाको टिसिएन चौरमा हुने कार्यक्रमको संयोजक धिरेन लामाले बताएका छन् । उक्त कार्यक्रममा भेषभुषा, साँस्कृतिक, मौलिक खानाको प्रदर्शन हुने, लामा झाँक्रीहरुको विशेष प्रस्तुत तथा यस वर्ष संघकै कलाकारहरु पर्याप्त रहेकाले तामाङ कलाकारहरु कै सांगीतिक प्रस्तुति रहने संयोजक लामाले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
विगतका वर्ष जिल्लाको गुम्बा, घेदुङ, तामाङ गुठी लगायतले संयुक्त रुपमा ल्होछार महोत्सवको आयोजना गर्दै आएको भए पनि यस वर्ष मकवानपुर तामाङ कलाकार संघ आयोजनामा हुने भएको हो । मकवानपुर तामांग कलाकार संघका अध्यक्ष समेत रहेका धिरेन लामाको संयोजकत्वमा २५ सदस्यीय ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । सह-संयोजकमा अनराज मोक्तान, आर्थिक संयोजकमा माया घलान, प्रचार प्रसार संयोजकमा बिक्रम लुङबा, मंच तथा साउण्ड सिस्टम व्यवस्थापन संयोजकमा रबिन्द्र थिङ, कलाकार संयोजकमा सुजना रुम्बा, अतिथि सत्कारमा राधिका स्याङ्तान, मायाको चिनो व्यवस्थापन संयोजक बिमला थिङ, स्टल व्यवस्थापन सोयल लामा र झाँकी व्यवस्थापनमा साम्तेन मोक्तान लगायत रहेका छन् ।