जनकपुर,२२ जेष्ठ / आज दिउँसो ४ बजे मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुँदैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।
नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशासनिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ।
नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस प्रदेश सरकारले पनि सोही दिन आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।