काठमाण्डौं, २५ चैत / युवा लक्षित “स्टार्टअप लगानी सम्मेलनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोधकुमार गुप्ता र थ्रिकम नेपालका सीईओ विपीन जयसवाल बिच छलफल भएको छ ।
शुक्रबार गुप्ता र जैसवाल बीच भएको भेटमा नेपालमा स्टार्टअप लगानी सम्मेलन, यसको आवश्यकता, महत्व र सार्थकताबारे छलफल भएको हो ।
नेपालका युवाहरुलाई स्वदेश मै रोजगार सिर्जना हुने वातावरण बन्नु पर्ने कुरामा जोड दिदैं स्टार्टअप लगानी सम्मेलनको आयोजनाका लागि थ्रिकम नेपालका सीईओ जयसवाल केही समय यता क्रियाशिल भएर लागेका छन् । उनका अनुसार लगानी सम्मेलनलाई अभियान कै रुपमा लैजाने बताएका छन् । त्यसका लागि आफुले विभिन्न उद्योगी तथा व्यवसायीहरुसँग निरन्तर भेटघाट तथा छलफलमा लागेको जयसवालले मेरो हुलाकी डटकमलाई जानकारी दिएका छन् ।