रौतहट, २३ फागुन / दुगड ब्रदर्स एण्ड सन्स प्रालिले देश व्यापी रुपमा केयर फेस्ट २०७८ शुरु गरेको छ । आइतबारबाट शुरु भएको केयर फेस्ट २०७८ मा महिन्द्रा कम्पनीका सम्पूर्ण गाडीहरुको फ्री हेल्थ चेकअप हुने कम्पनीले जनाएको छ ।
यस्तै दुगडको चन्द्रनिगाहपुर शाखाले पनि आइतबारबाट केयर फेस्ट २०७८ शुरु गरेको हो । शाखाका एरिया म्यानेजर दिपेन्द्र नेपालले रिवन काटेर फेस्टको उद्घाटन गरेका छन् । नेपालका अनुसार ग्राहकहरुको सुविधा तथा आवश्यकतालाई मनन गर्दै विभिन्न समयमा बिक्री गरिएका महिन्द्रा कम्पनीको गाडीहरुलाई नि:शुल्क रुपमा सेवा दिने उद्देश्यले यो फेस्टको आयोजना गरेको बताए ।एक हप्ता सम्म चल्ने उक्त फेस्टको सेवा रौतहटको चन्द्रपुरबाट तथा नेपाल भरिका महिन्द्रा शो रुमबाट लिन सकिने कम्पनीले जनाएको छ ।