रौतहट, ३ फागुन / एउटा सरकारी अस्पतालका प्रमुख गैर जिम्मेवार बन्दा त्यहाँ कति सम्मको बिथिती बढ्दै जान्छ भने त्यसको ज्वलन्त उदाहरणको रुपमा रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुर सरकारी अस्पताललाई लिन सकिन्छ । डाक्टरले गरेको अटेरीलाई नगरपालिकाले बेवास्ता गर्दा सरकारी अस्पताल अस्तबेस्त बन्न पुगेको छ । अस्पतालका डाक्टर सन्दिप कुमार साह पैसा कमाउने चक्करमा सरकारी अस्पताल छोडेर निजी अस्पताल चहार्दा सरकारी अस्पताल जाने सर्व साधारणले शास्ती भोग्नु परेको छ । चन्द्रनिगाहपुर सरकारी अस्पतालको अवस्थाका विषयमा समबन्धीत निकायले चासो नलिएका कारण बेथिती बढ्दै जान थालेको छ । आईतबार जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी एक महिलाको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ल्याएकोमा पोष्टमार्टम नगरी अस्पतालका डाक्टरले काठमाण्डौ पठाएका छन् । चन्द्रनिगाहपुर सरकारी अस्पतालमा शवको पोष्टमार्टम गर्नु अगाडी रु ५०० सय रुपैया लिने नियम रहेको छ । शनिबार राती फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ भैसहीमा एक महिलाको हत्या भएको आशंकामा महिलाको शव पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ल्याइएको थियो ।
आईतबार दिउसो नै अस्पतालका कर्मचारीले ५०० शुल्क लिएर शवलाई पोष्टमार्टम गर्ने घरमा पठाएका थिए, तर राती ११ बजेको समयमा अस्पतालका डाक्टर आएर यहा“ पोष्टमार्टम गर्न नसकिने भन्दै काठमाण्डौ स्थित टिचिङ अस्पतालमा जान सुझाएका थिए । दिनभरी शव अस्पतालमा राखेर बसेका मृतकका आफ्न्तलाई राती ११ बजे काठमाण्डौ जा यहा“ पोष्टमार्टम हुदैन भनेपछि पिडित झन झन पिडित भएका छन् ।
अस्पतालले लिएको पाँच सय रुपैया र डोमको भाग भन्दै थप तीन सय रुपैया लिएर फिर्ता नगरी अस्पतालले शवको पोष्टमार्टम नगरी टिचिङ अस्पातल काठमाण्डौ पठाएको मृतकका आफ्न्त उमेश मुखियाले बताए ।
अस्पातलले लिएको रकम बाहेक पनि डाक्टरको भाग भन्दै शव काठमाण्डौ लाने बेलामा अस्पतालका कर्मचारीले थप रकम माग गरेको समेत पिडित मुखियाले बताए । चन्द्रनिगाहपुर सरकारी अस्पतालका कर्मचारी मातृका चालिसेले पष्टमार्टम नगरी लिएको रकम फिर्ता हुने बताए । ईलाका प्रहरी कार्यालय लक्ष्मिनियांका अनुसार शुक्रवार राती रामप्रवेस मुखिया बिनकी पत्नी आरती देवीको मृत्यु भएको थियो । स्थानीयले हत्याको आशंका गरेर प्रहरीलाई खबर गरेपछि जलाउन लागेको अवस्थामा प्रहरीले शव बरामद गरेर चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाएको थियो । चन्द्रनिगाहपुर अस्पतालमा रहेका यस्ता बिकृतीको विषयमा समाचार प्रकाशन प्रशारण हुन थालेपछि अस्पतालका प्रमुख डाक्टर संदिप कुमार साहले केही मान्छेलाई उचालेर समाजिक संजालमा पत्रकारका बिरुद्ध विष बमन गर्न लगाएका छन् । छात्रवृतीमा करार सेवामा काम गर्न चन्द्रनिगाहपुर अस्पतालमा आएका स्थानीय युवा समेत रहेका साह निजी अस्पतालमा जाने गरेका कारण अस्पतालबाट सर्बसाधारणले समान्य सेवा समेत पाउन छाडेकाछन् ।
अस्पतालको नियमनकारी निकाय चन्द्रपुर नगरपालिका समेत डाक्टरकै पक्षपोषणमा लागेका कारण समस्या झनै जटिल बन्दै जान थालेको स्थानीयको भनाई रहेको छ ।
अस्पतालको बेथितीको बिषयमा समाचार लेख्ने पत्रकार बिरुद्ध समाजिक संजालमा जथाभाबी लेख्न लगाउने डाक्टर साह, उनका भाई र हरिस सिंह नामको नक्कली फेसबुक आईडी बिरुद्ध संचारकर्मीले साईवर क्राईमको मुद्धाको तयारी गरेकाछन् ।